समाचार
त्रियुगा नगरपालिका को सूचना
-- छाडा चौपायाको नियन्त्रण गरौ, घरपालुवा चौपायाहरू छाडा नछाडौ ।
--सडक तथा पेटी किनारमा आवागमनमा अबरोध हुने गरि निर्माण सामग्री नराखौ , व्यापार ब्यवसाय नगरौ ।
--आफ्नो घर वरपरको बाताबरण सफा राखौ, सार्बजनिक स्थलमा जताततै फोहरमैला नफालौ ।
-- आफ्नो घर वरपर बिरुवा रोपौ, यस नगरलाई हरित नगरीको रुपमा विकास गरौ ।
-- नगरपालिकामा संचालन हुने सबै प्रकारका ब्यापार ब्यवसायहरु अनिबार्य दर्ता गरेर मात्र संचालन गरौ,उपभोक्ता आचारसहिताको पालना गरौ ।
-- बसोबास स्थल, टोलमा ब्यवसायिक रुपमा पशुपालन, कुखुरापालन, गर्दा छरछिमेकलाई असर नपर्ने गरि गरौ ।
-- सवारी तोकिएको स्थानमा मात्र पार्किंग गरौ ।
-- बालबालिकालाई काममा हैन, बिद्यालयमा पठाऔ ।
-- बालश्रम शोसन बिरुद्द आचारसहिता पालना गरौ, बालश्रम अन्त्य गरौ ।
-- विकास निर्माण कार्यक्रममा जनसहभागिता जुटाऔ ।
--भएका विकास निर्माण कार्यको संरक्षण गरौ ।
-- नपा बाट इजाजत लिएर मात्र घर निर्माण गरौ ।
--व्यक्तिगत घटना दर्ता ( जन्म दर्ता,मृत्यु दर्ता, बिबाह दर्ता, सम्बन्ध बिच्छेद र बसाइसराइ दर्ता ) आ आफ्नो वडा कार्यालयमा गई समयमै गरौ ।
नेपाल सरकार
त्रियुगा नगरपालिका को सूचना