FAQs Complain Problems

त्रि न पा परिचय

नेपालको विभिन्न कालखण्डमा अस्तित्वमा आएका शासकीय प्रणालीमध्ये वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि एकात्मक र केन्द्रिकृत शासन व्यवस्थाले अबलम्बन गरेको विकेन्द्रिकरण र स्थानीय स्वायत्त शासनको जगको रुपमा विकास गरिएका स्थानीय निकायहरु मध्ये त्रियुगा नगरपालिका पनि एक हो । जनताको नजिकको राजनीतिक संरचनाको रुपमा विकास गरिएका तत्कालीन स्थानीय निकायहरु शासनमा जनसहभागिता, अपनत्वबोध र जनस्वामित्व स्थापित गरी प्रजातान्त्रिक साझेदारीको मोडलमा विकास गरिएको थियो । संवैधानिक राजतन्त्र र एकात्मक व्यवस्थालाई अन्त्य गर्दै स्थापित गणतन्त्र नेपालमा संघीयताको पदार्पण भएसंगै विगतका स्थानीय निकायहरुको स्वरुपमा आमूल परिवर्तन भयो । 

वि.सं. २०७२ को नेपालको संविधानले तीन तहको शासकीय प्रबन्ध व्यवस्था गरेको छ । जस अनुरुप विगतका स्थानीय निकायहरुलाई सरकारको हैसियत प्रदान गरेको छ । नेपालको संविधानको धारा ५६ को उपधारा (१),(२),(४),र (६) बमोजिम निर्धारित नेपालको शासकीय संरचना अनुरुप उदयपुर जिल्लाका आठ स्थानीय तह मध्येको एक त्रियुगा नगरपालिका १६ वडाहरुमा संरचित छ । नेपालको संविधानको अनुसूची ८ र ९ ले तोकेको स्थानीय तहको एकल तथा साझा अधिकार क्षेत्र भित्र सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तको जगमा स्थानीय सरकार संचालन ऐन, २०७४ र अन्य संवैधानिक अधिकार बमोजिम स्थानीय तहको शासकीय प्रबन्धको सामान्य निर्देशन, नियन्त्रण र संचालन त्रियुगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले गर्दछ ।

नेपालको संविधान अनुसार स्थानीय तहको कार्यपालिकीय, व्यवस्थापिकीय, न्यायिक तथा आर्थिक अधिकार समेत स्थानीय सरकार संचालन ऐन, २०७४ र अन्य प्रचलित कानून बमोजिम नगरपालिकावाट कार्यान्वयन हुने गर्दछ । यस नगरको कार्य विभाजन नियमावली बमोजिम यस नगर कार्यपालिकालाई प्राप्त अधिकार नगर प्रमुख मार्फत प्रमुख प्रशासकीय अधिकृत र निज मार्फत विषयगत शाखा, पदाधिकारी र वडा कार्यालयहरुबाट सम्पादन गर्ने गरिएको छ ।

त्रियुगा नगरपालिकाको भौगोलिक अवस्थिति

सगरमाथा अंचल उदयपुर जिल्ला २६.४१'१७" उतरी अक्षाश देखि २६.५६'४२'' उत्तरी अक्षांशसम्म र ८६.३२'११.५" पुर्बी देशान्तर देखि ८६.५०'२९'' पुर्बी देशान्तर सम्म मा अबस्तित साबिकका त्रियुगा नगरपालिका, जाल्पा चिलाउने, खाबू, साउने तथा जोगीदह गाविसहरु एक आपसमा मिलाएर नया नगरपालिकाको रुपमा त्रियुगा नगरपालिका कायम गरिएको छ | जिल्ला सदरमुकाममा रहेको साबिक त्रि न पा तथा आसपासका गा बि स ( भित्रि मधेस ) तथा पहाडी भू भाग समेतमा रहेको ) लाइ सम्मिलन गराई सदरमुकाममा रहेको यस क्षेत्रलाइ नगरपालिका बनाइएको छ | जिल्लाको मुख्य ब्यापारिक नाका तथा तराई र पहाडी भूभाग लाइ जोड्ने केन्द्रको रूपमा रहेको यस क्षेत्रलाइ जिल्ला सदरमुकामको नगरपालिकाको रुपमा प्रस्ताब गरिएको छ | जिल्ला सदरमुकाममा रहेको साबिकको त्रियुगा नगरपालिकामा आसपासका गा बि स हरु समेत गाभी अझ बृहत क्षेत्र ओगटेको समक्ष नया त्रियुगा नगरपालिकाको रुपमा कायम गरिएको छ |

आक्षाश् : २६.४१'१७" उतरी अक्षाश देखि २६.५६'४२'' उत्तरी अक्षांशसम्म

देशान्तर :  ८६.३२'११.५" पुर्बी देशान्तर देखि ८६.५०'२९'' पुर्बी देशान्तर सम्म 

सिमाना : पूर्व : चौदण्डीगाडी न पा 

             उत्तर: रौतामाइ गा पा र खोटांग जिल्ला 

              पश्चिम : उदयपुर गढी गा प र सप्तरी जिल्ला 

              दक्षिण : सप्तरी जिल्ला 

क्षेत्रफ़ल : ५४७.४३ वर्ग कि मि 

भौगोलिक बिभाजन : चुरे, भित्रि मधेश , पहाड 

केन्द्र : गाईघाट बजार 

वडा संख्या : १६

Supporting Documents: